अदालतमा देखिएको समस्या प्रधानमन्त्रीले पहल गर्नुपर्छ : नेपाल

धनगढी, २ मंसिर- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या दलहरुबीचमा साझा धारणा बनाएर प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताका छन् ।

बिहीबार कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीसंग प्रतिक्रिय दिदैँ उनले भने । ‘साझा धारण बनाएर प्रधानमन्त्रीको हसियतले अदालतको समाधान गर्नुपर्छ’

Bhancha ghar0

बैंठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भइसकेकोले अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट समस्या समाधानका लागि पहल गर्नुपर्ने उनले बताए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट न्यायालय सुधार हुन नसक्ने, भ्रष्टाचारमा लिप्त भएको भन्दै नेपाल बारले उनको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ ।

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनको सरकारले जनअपेंक्षा अनुसार काम गरिरहेको दाबी समेत गरे । यस अघि पार्टी उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले एमाले गैरकम्युनिस्टहरुको पार्टी भएको आरोप लगाएका थिए ।

‘कम्युनिस्ट आचरण र सिद्धान्त मान्ने मान्छेहरू हाम्रो पार्टीमा छन’, अध्यक्ष नेपालले भने, ‘एमाले भन्ने पार्टीमा कम्युनिस्ट आचरण भएका मान्छे छैनन् । त्यहाँ गैरकम्युनिस्टहरु मात्रै छन् ।’ उनले नेकपा एमालेबाट विद्रोह गरेर बनेको आफ्नो पार्टीप्रति देशभर जनलहर बढ्दै गएको दाबी गरे । अध्यक्ष नेपाल एकीकृत समाजवादी पार्टीले बिहीबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुँदैछन् ।

Leave A Reply

Your email address will not be published.