एमाले कैलालीमा लफडा, असन्तुष्ट पक्षले पनि छान्यो महाधिवेशन प्रतिनिधि

धनगढी, १ मंसिर- नेकपा एमालेको कैलालीस्थित क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयनप्रति असन्तुष्ट रहेको सो पार्टीका असन्तुष्ट पक्षले पनि बुधबार प्रतिनिधि चयन गरेको छ ।

Bhancha ghar0

कैलालीको लम्कीमा भएकोे असन्तुष्ट पक्षको भेलाले सर्वसम्मतले नौ जना प्रतिनिधि चयन गरेको हो । लम्कीचुहा-९ बाट यज्ञराज ढुङ्गाना, ८ बाट मनोज खड्का, १ बाट सूर्यबहादुर थापा, मोहन्याल गाउँपालिका-७ बाट वीरेन्द्रबहादुर रावल, बर्दगोरिया गाउँपालिका-१ बाट भीम कुँवर र जानकी गाउँपालिका-९ बाट रुप रावत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

त्यसैगरी, महिलातर्फ लम्कीचुहान नगरपालिका-१ बाट बसुन्धरा भण्डारी, ५ बाट ममता रावल र जानकी गाउँपालिका-८ बाट गंगा थापालाई महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । नेकपा एमाले प्रदेश कमिटीले प्रतिनिधि छनोटमा कुनै विवाद नरहेको भनिरहेको बेला कैलालीमा असन्तुष्ट पक्षले महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।

Leave A Reply

Your email address will not be published.