दसौँं राष्ट्रिय कर दिवसका अवसर पारी कञ्चनपुरका ठूला करदातालाई सम्मान

कञ्चनपुर, १ मंसिर– कञ्चनपुरमा ठूला करदातालाई सम्मान गरिएको छ। दसौँं राष्ट्रिय कर दिवसका अवसरमा आज महेनद्रनगरस्थित मालिका फिलिङ सेन्टरका प्रोप्राइटर एवं अग्रज व्यवसायी प्रेमकुमार श्रेष्ठलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले जनाएको छ।

Ganyapdhura gau
Dadhaldhura pur

व्यवसायी श्रेष्ठलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे र कार्यालयका प्रमुख कर अधिकृत पुष्कर न्यौपानेले दोसल्ला ओढाएर सम्मान गरेका हुन्। त्यसैगरी दिवसका अवसरमा कर्मचारीतर्फ कार्यालयका नायब सुब्बा भीम विष्टलाई सम्मान गरिएको छ। “ हरेक वर्ष कर दिवसमा बढी आयकर तिर्ने व्यापारी तथा व्यवसायीलाई सम्मान गरिँदै आएको छ” सम्मानित नासु विष्टले भने।

Navadurga sun

चालू आर्थिक वर्षमा दुई अर्ब ७१ करोड कर सङ्कलन गर्ने लक्ष्य राखेको कार्यालयले हालसम्म ६९ करोड दश लाख कर सङ्कलन गरेको जनाएको छ। “कोरोना कहरका कारण कर सङ्कलनमा गिरावट आएको छ” उनले भने,“कर सङ्कलनको दायरा पनि कोरोनाको अवस्था सामान्य बन्दै गएसँगै बढिरेहको छ।” (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...