नेपाली काँग्रेस धनगढीको सभापतिमा उपाध्याय निर्विरोध चयन

धनगढी, १ मंसिर– नेपाली कांग्रेसको पालिका अधिवेसन अन्तरगत धनगढी उपमहानगर कमिटिको सभापतिमा यज्ञराज उपाध्याय निर्विरोध चयन भएका छन् । बुधबार भएको धनगढी उपमहानगरपालिका स्तरिय अधिवेसनले उपाध्यायलाई निर्विरोध चयन गरेको हो ।

Bhancha ghar0

धनगढी उपमहानगर कमिटिमा उपाध्याय बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन भएका काँग्रेस कैलाली महाँधिवेसन प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकाी दिए ।

उपाध्याय निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष समेत छन् । उपाध्याय यसअघि नगर कमिटिको सचिवका रुपमा काम गर्दै आएका थिए । उपाध्याय नेपाल विद्यार्थी संघबाट काँग्रेसको राजनीतिमा प्रवेश गरेका थिए। नगरका लागि अन्य पदाधिकारीमा भने सहमति जुट्न सकेको छैन्। समतीको प्रयास भने जारीरहेको काँग्रेसले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.