कञ्चनपुरमा मोटरसाइकल सहित अवैध सामान बरामद

Bhancha ghar0

कञ्चनपुर, ३० कार्तिक– कञ्चनपुरमा सशस्त्र प्रहरी बलले मोटरसाइकल सहित अवैध सामान बरामद गरेको छ । बोर्डर आउटपोष्ट डोके बजारबाट खटिएको सीमा गस्ती टोलीले अवैध रुपमा भन्सार छली ल्याइएका सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ ।

टोलीले अन्दाजी १ लाख ४७ हजार २ सय बराबरको भारतीय मोटरसाइकल तथा बिँडी सुर्ती बरामद गरेको गणले जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.