सेती प्रयोगशालामा आज थप ८ जनामा कोरोना पुष्टि

धनगढी, ३० कार्तिक– धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार थप ८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५९ नमुना परिक्षण गर्दा थप ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार २४ घण्टामा अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् भने १ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा ५ जना संक्रमित विरामीको उपचार भइरहेको छ ।

Loading...