कैलालीका चार स्थानीय तहमा कांग्रेसको पालिका अधिवेशन स्थगित

अत्तरिया, ३० कार्तिक– कैलालीका चार स्थानीय तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन मंगलबारका लागि स्थगित भएको छ । धनगढी उपमहानगरपालिकासहित कैलालीका चार स्थानीय तहमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहले गरेको एक दिने नेपाल बन्द र मतदाता नामावली प्रिन्टमा ढिलाई हुँदा अधिवेशन स्थगित भएको जनाइएको छ ।

Bhancha ghar0

नेपाली काँग्रेस कैलाली जिल्लाका पार्टी सभापति नरनारायण शाह ’मनु’ले धनगढी उपमहानगरपालिका, गौरीगंगा, घोडाघोडी र भजनी नगरपालिकाको अधिवेशन स्थगित भएको जनाएका छन् । गोदावरी, चुरे, मोहन्याल, कैलारी, जोशीपुर, बर्दगोरिया, लम्की, जानकी र टीकापुरमा भने आजै अधिवेशन भइरहेको छ ।

सभापति शाहका अनुसार चार नगरमा भोलि बिहान ८ बजेदेखि मात्रै नगर अधिवेशन हुने छ । कांग्रेसको पालिका अधिवेशनपछि मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशनका लागि मिति तोकिएको छ।

कैलाली काँग्रेसले वर्तमान सभापतिको अध्यक्षतामा १ हजार ५ सय १ सदस्यीय जिल्ला अधिवेशन मुल व्यवस्थापन समिति गठन गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.