दार्चुला तुइन घटनाको भारतीय मानवअधिकार आयोगद्वारा अनुसन्धान 

धनगढी, २९ कार्तिक– भारतको राष्ट्रिय मानवअधिकार आयोगले नेपाली नागरिक जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता हुने गरी भारतीय सशस्त्र सीमा बल एसएसबीबाट गराइएको घटनामा अनुसन्धान अघि बढाएको छ ।
नेपालको राष्ट्रिय मानवअधिकार आयोगको पत्रको उत्तर दिँदै भारतको आयोगले दार्चुलामा भएको उक्त घटनामा औपचारिक रूपमै उजुरी दर्ता गरेर अनुसन्धान थालेको जानकारी दिएको छ । नेपालको आयोगको पत्रलाई उजुरी मानेर भारतीय आयोगले अनुसन्धान अघि बढाएको हो ।

आयोग नेपालका प्रवक्ता टीकाराम पोखरेलका अनुसार आयोगले भारतीय आयोगलाई २०७८ भदौ २५ (सेप्टेम्बर १०) मा पत्र पठाउँदै घटनाबारे सत्यतथ्य पत्ता लगाउन आग्रह गरेको थियो । २०७८ साउन १५ मा दार्चुलाको व्यास गाउँपालिका वडा नं. २, माल (खाङदाङ) का ३३ वर्षीय धामी मालघाट-गस्कु जोड्ने तुइनबाट महाकाली नदी पार गरेर भारतीय भूमि हुँदै सदरमुकाम खलंगा आउने क्रममा थिए। मालघाटबाट नदी तरेर पारिपट्टि पुग्नै लाग्दा भारतीय भूमि गस्कुमा रहेका एसएसबीका सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएपछि नदीमा खसेका धामी अझै बेपत्ता छन ।

Navadurga sun

घटनाको तेस्रो दिन साउन १७ मा सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले करिब १ महिना लगाएर तयार पारेको प्रतिवेदन भदौ १५ मा गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको थियो । प्रतिवेदनमा ‘दार्चुला घटना एसएसबीको उपस्थिति र संलग्नतामा घटाइएको’ भन्दै भारत सरकारबाटै यसबारे थप अनुसन्धान गरी दोषीलाई कारबाही र धामीका परिवारलाई उचित राहत र क्षतिपूर्ति भराउन सिफारिस गरिएको थियो ।

त्यसको तीन दिनपछि भदौ १८ मा परराष्ट्र मन्त्रालयले नेपालस्थित दूतावासमार्फत भारतलाई ‘कूटनीतिक नोट’ पठाउँदै घटनामा संलग्न एसएसबीका सुरक्षाकर्मीमाथि अनुसन्धान गरी कारबाही र धामीका परिवारलाई राहतरक्षतिपूर्ति भराउन आग्रह गरेको थियो । कूटनीतिक नोट पठाएको २ महिना बितिसक्दा पनि भारत सरकारले त्यसको जवाफ पठाएको छैन । नेपालको मानवअधिकार आयोगले भने गृह मन्त्रालयको प्रतिवेदनलाई आधार मान्दै घटनाको थप छानबिनका लागि भारतीय मानवअधिकार आयोगले पत्र लेखेको थियो। भारतीय मानवअधिकार आयोगले उजुरी दर्ता गरेसँगै भारतीय प्रशासनलाई समेत तुइन घटनामा एसएसबीको संलग्नताबारे निष्पक्ष अनुसन्धानका लागि थप दबाब पुगेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...