कैलालीमा बडुवाल हत्या प्रकरण : सिआइबीको टोली खटाइयो

धनगढी, २९ कार्तिक– कैलालीमा भूपेन्द्र बडुवालको हत्या भएको एक साता पुगेको छ । घटनामा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। तर, अहिलेसम्म हत्याको कारण भने पत्ता लगाउन सकेको छैन । हालसम्म हत्यामा ९ जना आरोपीहरू पक्राउ परेका छन् ।

Bhancha ghar0

सुरूमा ८ जना पक्राउ परेकामा आइतबार प्रहरीले थप एक जनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले आइतबार लम्कीचुहा नगरपालिका वडा नं. ५ का विकास खड्कालाई पक्राउ गरेको हो । त्यस्तै हत्याको भोलिपल्टै गत बुधबार प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका वडा नं. १ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय किशोर, टीकापुर नगरपालिका वडा नं. १ का २३ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह रहेका छन् ।

आरोपित पक्राउ परे पनि बडुवाल हत्याबारे कारण भने नखुलेको बताइएको छ । आरोपीहरू समातिए पनि घटना के कारणले भएको भन्ने स्पष्ट भइनसकेको प्रहरीको भनाइ छ ।

त्यस्तै हत्या घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा २ जनाको टोली कैलाली पठाइएको छ । सोमबार ब्युरोबाट टोली घटनास्थल प्रस्थान गरेको ब्युरोले जनाएको छ । टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको जनाइएको छ । गत मंगलबार राति लम्कीचुहा नगरपालिका वडा नं. १ का २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको थियो । बडुवालको टीकापुर नगरपालिका वडा नं. १ मा हत्या गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.