कैलालीमा दीर्घ रोगीलाई फाइजर खोप, खोप मंसिर ४ गतेसम्म लगाइने

धनगढी, २९ कार्तिक– कैलालीमा सोमबार देखि १२ वर्षमाथिका दीर्घ रोगीलाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरीएको छ। १२ वर्षमाथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरूलाई फाइजर खोप दिन लागिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताए ।

‘यो खोप अभियान मंसिर ४ गतेसम्म चल्नेछ । खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई लगाइने छ,’धामीले भने,‘खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घरोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ । खोपको दोस्रो मात्रा मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुन्छ ।’

Navadurga sun

धामीका अनुसार १२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी,लामो समयदेखि मुटुका बिरामी भई अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति, लामो समयदेखि मिर्गौलाको समस्या भई मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि खाइरहेका बिरामी, जुनसुकै प्रकारको क्यान्सरको पहिचान भई अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी, लामो समयदेखि छातीको समस्या भई चिकित्सकको पुर्जा बमोजिम औषधि खाइरहेका बिरामी, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति, लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भई डाक्टरको निगरानीमा उपचार गराइरहेका बिरामी कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति, मस्तिष्क र मस्तिष्कका रक्त नलीसम्बन्धी रोग भएका व्यक्तिले खोप लगाउन मिल्ने छ । त्यस्तै कोभिड-१९ विरुद्धको अन्य कुनै खोप लगाएका व्यक्तिले, १२ वर्षभन्दा कम उमेर भएका व्यक्तिले यो खोप लगाउन हुँदैन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...