कैलालीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Bhancha ghar0

अत्तरिया, २८ कार्तिक– कैलालीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । कैलारी गाउँपालिका वडा नं. ८ मा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय विशाल कठरियाको घटनास्थलमै मृत्यु भएको हो ।

बे ११ प ७३२४ नम्बरको मोटरसाइकलाई सोही दिशातर्फ गइरहेको से १ त ८९२० नम्बरको ट्याक्टले ठक्कर दिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । प्रहरीले ट्याक्टर चालक कैलारी वडा नं.२ का ४६ वर्षीय कृष्ण चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.