कैलाली गोदावरी ९ मा मेघनाथको टिम प्यानल सहित बिजयी

अत्तरिया, २८ कार्तिक- कैलालीको गोदावरी नगरपलिका वडा नं ९ मा मेघनाथ रानाथारुको टिम प्यानल सहित बिजयी भएको छ । कांग्रेसको १४ औँ महादिवेशन अन्र्तगत शनिवार सम्पन्न भएको निर्वाचनमा सभापतिमा मेघनाथ रानाथारु निर्वाचिन भएका छन् ।

Bhancha ghar0

उनले आफ्ना प्रतिद्धन्दी जय बहादुर भाटलाई ८१ मतले पछि पार्दै बिजयी भएका हुन् । रानाथारुले १ सय १२ मत प्राप्त गर्दा भाटले भने ३१ मत मात्रै पाएका छन् । यसैगरि उपसभापतिमा मुकुन्द जोशी र भगवती राना निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा रामेश्वर ओझा र झलक बहादुर सिंह निर्वाचित भएका छन् भने सहसचिवमा कमल बोहरा र मोहित राना निर्वाचित भएका छन। त्यस्तै वडाका सदस्यहरु र क्षेत्रिय प्रतिनिधिमा रानाथारुको टिमवाट निर्वाचित भएका छन् ।

Leave A Reply

Your email address will not be published.