कैलालीकाे गोदावरी ४ मा शालिभानको टिम प्यानल सहित बिजयी
अत्तरिया, २८ कार्तिक- कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा शालिभान रावलको टिम प्यानल सहित बिजयी भएको छ । कांग्रेसको १४ औँ महादिवेशन अन्र्तगत शनिवार सम्पन्न भएको निर्वाचनमा सभापतिमा राबलले आफ्ना प्रतिद्धन्दी शोवान सिह मल्ललाई पराजित गर्दै बिजयी भएका छन् ।

रावलले १ सय ३२ मत पाउँदा उनका प्रतिनिधि मल्लले ९५ मत पाएका छन् । उप सभापतिमा खडक बहादुर मल्ल र कमल बहादुर धामी निर्वाचित भएका छन् ।
यस्तै सचिबमा यज्ञराज जोशी र बम बहादुर महरा निर्वाचित भएका छन् भने सह सचिवमा हेमन्त गुरुङ र मान बहादुर साउद निर्वाचित भएका छन् । यस्तै सदस्यहरु र क्षेत्रिय प्रतिनिधिमा राबल प्यानलवाटै निर्वाचित भएका छन् ।