लम्कीमा घाइते अवस्थामा भेटिएका युवकको मृत्यु

अत्तरिया, २७ कार्तिक- कैलालीमा घाइते अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. १० स्थित सडक खण्डमा अन्दाजी २८/३० वर्षका युवक शुक्रबार राति घाइते अवस्थामा भेटिएका थिए।

पहिचान नखुलेका उनलाई प्रहरीले उपचारका लागि टीकापुर अस्पताल पुर्याए पनि उनको शुक्रबार राति नै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घटनास्थलमा गाडीको सिसा भेटिएको र यसबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...