कैलालीका ३७ वडामा काँग्रेसको सर्वसम्मत नेतृत्व चयन

धनगढी, २७ कार्तिक– कैलालीमा आजदेखि नेपाली काँग्रेसको वडा अधिवेशन सुरु भएको छ। अहिलेसम्म जिल्लाका ३७ वटा वडामा वडा अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गरिसकेको जिल्ला कार्यसमिति कैलालीले जनाएको छ।

धनगढी उपमहानगरपालिकाका मात्रै ६ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ। यस्तै जिल्लाका १३ पालिकाका १ सय २६ वडामध्ये अधिकांशमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गरिने बताइएको छ।

Navadurga sun

जिल्ला सचिव नृप सुनारका अनुसार ३७ वडामा सर्वसम्मत नेतृत्व चयन भएको र सहमति हुन सक्ने वडामा सहमतिको प्रयास जारी रहेको बताए। तर अधिकांश वडामा भने मतदान गर्नुपर्ने भएकाले निर्वाचन समिति त्यसको तयारीमा जुटेको उनले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...