गोदावरी नगरपालिका–३ मा काँग्रेस सभापतीमा जोशी चयन

अत्तरिया, २७ कार्तिक– गोदावरी नगरपालिका वडा नम्बर ३ मा नेपाली काँग्रेस ले सहमतीमा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको वडा अधिबेशन मार्फत सहमती मै वडा समिति चयन गरेको हो ।

Bhancha ghar0

समितिको सभापतीमा नन्दलाल जोशी, उपसभापतीमा बेदप्रकाश पाण्डे ,सचिबमा शिवराज खत्री ,चक्र नागरी चयन भएका छन । यस्तै समितिको सह सचिबमा दिपक बहादुर खाती र शारदा खडका चयन भएका छन । वडा समिती २७ सदस्ययी बनेको छ ।

यस्तै उक्त वडाबाट १५ जना क्षेत्रिय प्रतिनिधी र ३ जना नगर प्रतिनिधी चयन भएका छन । गोदावरीका अन्य वडामा भने निर्बाचन जारी रहेको छ ।

Leave A Reply

Your email address will not be published.