कैलालीमा नक्कली नोट सहित २ जना पक्राउ

धनगढी, २६ कार्तिक- कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. २ बौनिया गाउँबाट १ हजार दरको ४० थान नक्कली नोट सहित २ जना पक्राउ परेका छन् ।

Bhancha ghar0

सोही ठाउँ बस्ने ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरीलाई बिहीवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त परिमाणको नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.