कञ्चनपुरका भूमिहीनद्वारा जग्गामा स्वामित्वको माग

कञ्चनपुर, २६ कार्तिक– कञ्चनपुरका भूमिहीनले जग्गामा स्वामित्वको माग गरेका छन् । सुकुम्बासी, भूमिहीन, दलित, आरक्ष पीडित, मुक्तकमैया महिला तथा अव्यवस्थित बसोवासीले जग्गामा स्वामित्वको माग गरेका हुन् ।

Bhancha ghar0

सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगलाई दबाब दिन उनीहरुले बहादुरसिंह महराको संयोजकत्वमा सात सदस्यीय सङ्घर्ष समिति समेत गठन गरिएको छ । हाम्रा नाममा पटकपटक आयोग र कार्यदल बन्ने र विघटन गर्ने काम हुँदै आएको भए पनि वर्षौंदेखि समस्या जस्ताका त्यस्तै रहेको संयोजक महराले बताए ।

समितिले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई आयोग सम्बन्धी काम अघि बढाउन ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । कञ्चनपुरमा ५६ हजार २४ अव्यवस्थित बसोवासी रहेको तथ्याङ्क छ ।

Leave A Reply

Your email address will not be published.