कांग्रेस कैलालीको वडा अधिवेशन भोलीदेखि, सम्पूर्ण तयारी पुरा

अत्तरिया, २६ कार्तिक– नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन शनिबार (भोली) देखि सुरु हुने भएको छ । नेपाली काँग्रेस कैलालीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी दिएको हो । वडा अधिवेशनका लागि तयारी पुरा भएको नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह ‘मनु’ ले जानकारी दिए ।
१८ हजार २ सय ७३ क्रियाशिल सदस्यता रहेको जिल्लामा २ हजार ५ सय जना अध्यक्ष,सभापती,क्षेत्रीय प्रतिनिधि लगायतका पदमा चयन गरिने नेपाली कांग्रेस कैलालीले जनाएको छ । यस अघि भदौ १८ गते हुने भनिएको वडा अधिवेसन क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको भन्दै स्थगित गरिएको थियो ।