सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले गरे पदभार ग्रहण
अत्तरिया, २६ कार्तिक– सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका हुन् । २३ गते प्रदेश प्रमुख नियक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन् ।
सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो ।सरकारले एकैचोटि तीनवटा प्रदेशका प्रदेश प्रमुख फेरेको थियो ।
पदभारग्रहणपछि नवनियुक्त प्रदेश प्रमुख जोशीले संविधान र कानुनले दिएको अधिकारमा काम गर्ने प्रतिबद्धता गरे । ‘नेपाल संविधान २०७२ ले दिएको अधिकारमा रहेर काम गर्ने छु’, उनले भने । पदभारग्रहण अघि नेपाली सेनाले नवनियुक्त प्रदेश प्रमुखलाई सलामी समेत दिएको थियो ।