कञ्चनपुरमा लागुऔषध सहित २ जना पक्राउ

कञ्चनपुर, २५ कार्तिक– कञ्चनपुरमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नं. ६ बैखाखा सीमाबाट आउँदै गरेको म२प २९४४ नम्बरको मोटरसाइल चालक सोही वडाको दुम्ली बस्ने अन्दाजी २२ वर्षीय कैलाश थापा र साही मोटरसाइकलमा सवार अन्दाजी २० वर्षीय लक्ष्मण रानालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको साथबाट नाइट्राभेट-१० नामक २२ ट्याब्लेट, मोबाइल एक थान, चाँदीका सिग्री र औंठी १/१ थान, बुफर १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको गणले जनाएको छ ।