सुदूरपश्चिममा बिहीबार थप ८ जनामा कोरोना पुष्टि, एक को मृत्यु
धनगढी, २५ कार्तिक– सदूरपश्चिम प्रदेशमा बिहीबार थप ८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न प्रयोगशालामा १ हजार १११ नमुना परिक्षण गर्दा थप ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार पिसिआर विधिबाट ३६ नमुना परिक्षण गर्दा ६ र १ हजार ७५ नमुना एन्टिजेन विधिबाट परिक्षण गर्दा २ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमित महिलाको ज्यान गएको छ ।
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ७ का ७० बर्षीया महिलाको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो । यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सख्या ६०७ पुगेको छ ।