कैलालीमा युवक हत्या प्रकरण : प्रहरीद्धारा आरोपित ८ जना सार्वजनिक

धनगढी, २४ कार्तिक– कैलालीको टीकापुर नगरपालिका वडा नं. १ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका वडा नं. १ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ परेका ८ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका वडा नं. १ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टिकापुर नगरपालिका वडा नं. १ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टिकापुर नगरपालिका वडा नं. १ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun

प्रहरीले संगक होटलमा आक्रमण हुन थालेपछि होटलका सञ्चालक र उनकी श्रीमतीलाई भने उनीहरुकै सुरक्षाका लागि नियन्त्रणमा लिएको जनाएको छ। घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

हतियार प्रहार गरी फरार भएका व्यक्तिहरुको खोजतलास तथा थप अनुसन्धानका लागि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट बिशेष अनुसन्धान टोली समेत परिचालन गरिएको थियो । उनीहरुमाथि थप अनुसन्धान तथा खोजतलाश कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...