कञ्चनपुरको दोधारा-चाँदनीका बाढीपीडितलाई राहत

कञ्चनपुर, २२ कार्तिक– कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका वडा नं. १० का बिभिन्न बस्तीका बेमौसी बर्षाबाट पीडित भएका बाढीपीडितलाई विभिन्न संघ संस्थाले सहयोग गर्दै आईरहेको छ । निड्स नेपाल कञ्चनपुरले पहिलो पटक पि-फम ९ थान, हाईजेनिक किट ३ सय ५० थान, बाल्टी ३ सय ५० थान, मग ३ सय ५० थान, क्लोरिन टेबलेट ३ सय ५० थान, पि-फम ११ बन्डल, झुल २ सय थान, त्रिपाल २ सय थान दोधारा चाँदनी नगरपालिकामा मार्फत बाढी पिडितहरुलाई राहत उपलब्ध गराएका हुन् । त्यस्तै नेपाल रेडक्रस सोसाईटीले पहिलो पटक कम्बल २ सय ७५ थान, त्रिपाल १ सय थान, बाल्टी २० थान उपलब्ध छ ।

त्यस्तै चौधरी ग्रुपले वाईवाई भुजिया ६ सय पिस, वाईवाई मिनि ९ सय पिस, रियो जुस ६ सय पिस नगरपालिकालाई उपलब्ध गराएका छन् । सुदूरपश्चिम बाढी पिडित अभियान अन्तर्गत चामल ४२ बोरा, दाल ४२ केजी, खाने तेल ४२ पिस, बेसार २ केजी दिएको छ ।

त्यसैगरी नेपाल रेडक्रस सोसाईटीले दोस्रो पटक गैर खाद्य सामग्री १ सय २५ सेट उपलब्ध गराएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले पहिलो पटक २ सय सेट गैरखाद्य सामग्री दिएको छ । गैरआवासिय नेपाली संघ (एनआरएन) ले १ सय ५० सेट खाद्य तथा गैरखाद्य सामग्री उपलब्ध गराएका थियो । दिपक बहादुर सिंहले ब्यक्तीगत रुपमा १ सय सेट खाद्य सामग्री राहत उपलब्ध गराएका छन् ।

सुरक्षाकर्मी पत्रकार र किशोर पाण्डेबाट ८० बोरा चामल राहत उपलव्ध गराईएको छ । मर्सिकोर र रेडक्रस र निड्सले १ सय ८० सेट गैरखाद्य सामग्री दिएका छन् । दोधारा चाँदनी नगरपालिकाले ५८ सेट दाल, नुन र खाने तेल राहत दिएको थियो । उद्योग बाणिज्य महासंघका उपाध्यक्ष पिताम्बर जोशीले ब्यक्तीगत रुपमा १ सय ५० बोरा चामल, १ सय ५० थान साबुन, १ सय ५० थान लुगा धुने सोडा बाढी पिडितहरुलाई राहत पठाएका थिए ।

दलित महिला संघ (फेडो) कञ्चनपुरले ५० बोरा चामल दिएका थिए । नेपाल स्काउटले ३ सय थान लुगा उपलब्ध गराएका थिए । दोस्रो पटक निड्स नेपाल कञ्चनपुरले १ सय ५० पिस त्रिपाल, ८० पिस झुल, ७२ पिस कम्बल दिएका थिए । बाशुलिङ्ग अनिल कन्सट्रकसन प्रालिले १ सय बोरा चामल राहत दिएको छ । पुर्व सांसद तारणी दत्त चटौतले बाढी पिडितहरुलाई राहत स्वरुप नगरपालिकालाई ५० बोरा चामल दिएको छ । सेभ द चिल्ड्रन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले २ सय ३५ थान किचन सेट, २ सय ३५ थान हाईजेनिक किट, २ सय ३५ थान त्रिपाल दिएका थिए ।

Loading...