शुक्लाफाँटामा मृत भेटियो पाटेबाघ
कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकैको नेपाल भारत सीमामा पाटेबाघ मृत भेटिएको छ। नेपाल भारत सीमा स्तम्भ नं. २४ नजिक पाटेबाघ मृत भेटिएको निकुञ्जले जनाएको छ। निकुञ्ज कार्यालयका अनुसार मृत अवस्थामा फेला परेको पाटेबाघको शव परीक्षण भइरहेको छ।
बाघ कसरी मर्यो भन्ने खुलेको छैन। थप अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ। निकुञ्जमा १६ वटा पाटे बाघ रहेका छन् ।

