जिल्ला कार्य समितिको बैठक काँग्रेस कैलालीले कार्तिक २४ गते गर्ने
धनगढी, २२ कार्तिक– नेपाली काँग्रेस कैलालीले जिल्ला कार्य समितिको बैठक कार्तिक २४ गते निर्माण ब्यवसायी सघको सभाहलमा गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले कार्तिक २७ गते देखि वडा अधिबेशनको मिति तय गरेपछि काँग्रेस जिल्ला कार्य समिति कैलाली पनि तातेको हो ।
बैठक दिउँसो ११ बजेका लागि तय गरिएको छ । उक्त बैठकमा अधिवेशन केन्द्रित महत्वपूणर् निणर्य हुने १४ औ महाधिवेशन प्रचार प्रसार समिती कैलालीका जिल्ला नृप बहादुर सुनारले जानकारी दिए ।

उक्त बैठकमा जिल्लाका लागि खटिएका केन्द्रीय निर्वाचन प्रतिनिधि टेक प्रसाद सुवेदी सहितको उपस्थितिमा जिल्लामा रहेका पार्टी केन्द्रिय सदस्य र आमन्त्रित केन्द्रिय सदस्यर प्रतिनिधि सभा उम्मेदवार पुर्व जिल्ला सभापति/प्रदेश सभा साँसद/पुर्व साँसद र पुर्व जिविस सभापति/उपसभापति/ जिल्ला पदाधिकारी/सदस्य/क्षेत्रीय सभापति र प्रदेश सभा सभापति/ प्रदेश सभा उम्मेदवार र नगर/गाउँपालिका सभापति र नगर/ गाउँपालिका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्ष उम्मेदवार र भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्ष/सभापति महानुभावहरु सहभागी हुने काँग्रेस कैलालीका पार्टी सभापति नर नाराण शाह मनुले जानकारी दिए ।
उक्त बैठकले यहि नेपाली काँग्रेस १४ महाधिवेशनको नयाँ कार्यतालिका अनुसार कार्तिक २७ गते वडा, कार्तिक ३० गते पालिका अधिवेशन, मंसिर ३ गते प्रदेश सभा अधिवेशन मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन मंसिर १० गते जिल्ला अधिवेशन भब्य सभ्य, एकता, मेलमेलाप, सहमति, सहकर्य र सह अस्तित्वलाई आत्मा साथ गरि अधिबेशनका सबै प्रक्रिया बिबाद रहित ढंगले सम्पन्न गर्न सबैलाई अनुरोध गर्ने र अधिबेशनका लागि आवश्यक निणर्य गर्ने समेत प्रचार समितिका सयोजक सुनारले बताए ।
यस अघि निर्वाचनलाई ब्यवस्थित गर्ने कार्तिक ६ गतेको जिल्ला कार्य सम्पादन समितिको निणर्य अनुसार पार्टी सभापती नर नारायण शाहको अध्यक्षतामा १५०१ सदस्यीय जिल्ला अधिबेशन मुल ब्यवस्थापन समिती गठन गरि सकेको छ । मुल समितिलाई सहयोग गर्न ११ जना सयोजक रहने गरि बिभिन्न समिती निर्माण गरिएको छ ।
जसमा आर्थिक ब्यवस्थापन समिती सयोजक शेर बहादुर देउवा, अधिबेशन प्रचार प्रसार समिती सयोजक- नृप बहादुर सुनार, स्वयंसेवक समिती सयोजक- कृष्ण पाण्डे, आवास ब्यवस्थापन समिति सयोजक-केशब मिश्र, भोजन ब्यवस्थापन समिती सयोजक-नारायण सत्याल, यातायात ब्यवस्थापन समिती सयोजक-टेकराज जोशी, प्राथमिक उपचार समिती सयोजक- उत्तम जोशी, मंच ब्यवस्थापन समिती सयोजक-पुरन चौधरी, अतिथी सत्कार समिती सयोजक- रेखा देवकोटा, सचिवालय ब्यवस्थापन समिती सयोजक- कमला शर्मा र निर्वाचन ब्यवस्थापन समिती सयोजक नवराज रावललाई तोकिएको छ । बैठकले जिल्ला अधिबेशनको स्थान मेनरोड धनगढीमा अवस्थित ओम प्यालेसमा गर्ने निणर्य गरेको छ ।