कञ्चनपुरमा ट्रक सहित भैँसी र अवैध सामान बरामद

कञ्चनपुर, २२ कार्तिक– कञ्चनपुरमा सशस्त्र प्रहरी बलले भैँसी र अवैध सामान बरामद गरेको छ। भन्सार छलि अवैध रुपमा ओसारपोसार गर्ने क्रममा भैँसी र अवैध सामान बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट डोकेबजार र थापचोकबाट खतिएको टोलीले अन्दजी मुल्य ११ लाख ९ हजार बराबरको ट्रक, प्लाष्टिक, भारतिय मोटरसाइकल डिजेल र १८ वटा भैँसी बरामद गरेको जनाइएको छ। भारतको पिलिभित नुरीया बस्ने अन्दाजी वर्ष ५२ का अमिर अहमद र सोही ठाउँका ४५ वर्षीया रियाज अहमद र कञ्चनपुर बेदकोट नगरपालिका वडा नं. ५ दैजी बस्ने ट्रक चालक ४८ वर्षीय अम्बादत्त जोशीलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त सामान बरामद गरेको गणले जनाएको छ।

Navadurga sun

बरामद गरिएका सामान आवश्यक कानूनी कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...