कञ्चनपुरमा युवकहरुको ग्याङफाइटमा परेर एक प्रहरी घाइते

कञ्चनपुर, १८ कार्तिक– कञ्चनपुरमा युवकहरुको ग्याङफाइटमा परेर एक जना प्रहरी घाइते भएका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरका एक असइ घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बेदकोट नगरपालिका–८ गैलनदीमा बिहीबार युवकको एक समूहले अर्को समूहमाथि आक्रमण गरेको थियो । प्रहरीका अनुसार त्यस आक्रमणमा परेर घाइते भएकाहरुलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा ल्याइएको थियो । त्यस क्रममा फेरी आक्रमणका लागि अस्पताल पुगेको युवकको समूहलाई रोक्न खोज्दा असइमाथि पनि आक्रमण भएको छ ।

Bhancha ghar0

असइको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपाने बताए । ‘त्यस्तो गम्भिर घाइते होइनन् । अलि हातमा चोट लागेको छ,’ उनले भने । घटनामा संलग्न ५ युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्बेदीले बताए ।

अन्य युवकको खोजीकार्यका लागि प्रहरी परिचालन भएको छ । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमर माझीले अहिले पनि घटनामा संलग्न ती युवाहरुको खोजीका लागि आफ्नो टोली ठाउँठाउँमा पुगिरहेको बताए ।

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता एसएसपी बिक्रम चन्दले यस्तो गम्भीर घटनाकाबारेमा अहिलेसम्म जिल्लाले रिर्पोटिङ नगरेको र यसबारे बुझेर बिस्तृत कुरा पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताए ।

Leave A Reply

Your email address will not be published.