एक करोडको लगानीमा सेती महाकाली ट्रेडिङ्ग कम्पनी खुल्यो

अत्तरिया, १८ कार्तिक– कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा रहेको कृषि हाटबजारमा सेती महाकाली ट्रेडिङ्ग कम्पनी खुलेको छ। अत्तरिया क्षेत्रका १० जना तरकारी तथा फलफुल व्यवसायीको १ करोडको लगानीमा उक्त कम्पनी स्थापना गरेका छन् ।

कम्पनीले उत्पादक किसान संग प्रत्यक्ष सम्पर्क गरी तरकारी तथा फलफुल बजारमा ल्याउने जनाएको छ । कम्पनीका अध्यक्ष नर बहादुर ऐरीले सहुलियत मुल्यमा उपभोक्तालाई तरकारी उपलब्ध गराउने बताए । ‘हामी डाईरेक्ट उत्पादन हुँने ठाउँबाट खरिद गरेर उपभोक्तालाई सुलभ मुल्यमा उपलब्ध गराउने छौ’ उनले भने ‘पहिले साना व्यपारीहरुले भारतका पलिया, खटिमा, पिलिभितबाट ल्याउन्थ्यौ’ उनले भने ‘अब हामीले भारतमै पनि कम्पनी मार्फत सिधै उत्पादन गर्ने किसानको खेतबाट खरिद गर्छौ । जसबाट स्वच्छ र सहुलियत मुल्यमा तरकारी तथा फलफुल अत्तरियाको बजारमा पुग्ने छ ।’

Navadurga sun

कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टले साना व्यवसायीहरु संगठित भएर सोझै किसानको खेतबाट खरिद गरिदाँ बिचौलियाले खान नपाउने बताए । उनले कम्पनीले किसान र व्यपारी बिचको सम्बन्ध बिस्तार गर्न भूमिका खेल्ने बताए ।

‘पहिले जुम्लाको स्याउ ल्याउन नेपालगंजका व्यपारीको भर पर्नु पथ्र्यौ’ उनले भने ‘अब कम्पनी स्थापना भएपनि सिधै यहाँका व्यपारी जुम्ला गएर स्याउ ल्याउनेछन ।’

हाल अत्तरियाको कृषि हाट बजारमा २ वटा मात्रै कृषि तथा फलफुलको कारोवार गर्ने कम्पनी रहेका छन । सुन्दर सुदूरपश्चिम टेडिङ्ग प्रालिका अध्यक्ष हरी दत्त भट्टले कम्पनी मार्फत अन्तराष्ट्रिय बजारमा पनि काम गर्न सहज हुने बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...