सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला तथा भेट्रान ब्याटमिन्टन प्रतियोगिता अत्तरियामा सम्पन्न 

अत्तरिया, १८ कार्तिक– कैलालीको अत्तरियामा संचालित प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला तथा भेट्रान ब्याटमिन्टन प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।

गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको रोयल युवा क्लवद्धारा आयोजित प्रतियोगितामा खुल्ला ब्याटमिन्टनको उपाधि सन्तोश पनेरु र हिमाल चन्दको टिमले जितेका छन भने भेट्रान ब्याटमिन्टन प्रतियोगिताको उपाधि पदम राज भट्ट र जयन्त डडालको टिमले जितेका छन ।

खुल्ला प्रतियोगिताको लागि अत्तरियामा रहेको नमस्ते फुडल्याण्डको प्राङ्गणमा बिहिबार भएको खेलमा पनेरु र चन्दको टिमले ईन्द्र बहादुर महता र राम सिह चौधरीको टिमलाई २ – १ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । जित संगै पनेरु र चन्दको टिमले ५१ हजार हात पारे। द्धितिय स्थानमा चित्त बुझाएको महता र चौधरीको टिमले २५ हजारमा प्राप्त गरेका छन् ।

खुल्ला प्रतियोगिताको तृतिय पुरुस्कार सुर्खेतका अनिल मल्ल र नरेन्द्र बमले हात पारे । उनीहरुले पुरुस्कार स्वरुप नगद ११ हजार जितेका छन ।

Bhancha ghar0

त्यस्तै प्रदेशस्तरीय भेट्रान ब्याटमिन्टन प्रतियोगिताको उपाधिका लागि पनि बिहिबार नै फाइनल खेल भएको थिए । जसमा भट्ट र डडालको टिमले केशब भट्ट र शैलेन्द्र श्रेष्ठको टिमलाई २ – १ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भएकाे हाे  ।

विजेता टिमले पुरस्कार स्वरुप नगद २१ हजार हात पारेको छ भने द्धितिय बनेको केशब भट्ट र श्रेष्ठको टिमले ११ हजार हात पारेको छ ।प्रतियोगितामा तृतिय बनेको बझाङका प्रदिप बिष्ट र चन्द्र सिहको टिमले नगद ५ हजार १ सय हात पारे । दुवै खेलमा विजेता टिमलाई बिहिबार नै एक औपचारीक कार्यक्रमका बिच पुरस्कार रकम र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

रोयल युवा क्लवका अध्यक्ष विरेन्द्र अवस्थीको सभापतित्वमा आयोजित पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिह साउँद रहेको थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले खेलकुदले मानिसलाई स्वस्थ रहन मद्दत गर्ने भएकाले खेलकुदका कार्यक्रममा युवाहरुको सहभागिता बढाउन आवश्यक रहेको बताए । उनले यस्ता खेलकुद प्रतियोगीताहरुले युवाभित्र रहेका प्रतिभा उजागर गर्न मदत पुग्ने बताए ।

कार्तिक १५ गतेबाट सुरु भएको प्रतियोगितामा २२ वटा भेट्रान र २० ओटा खुल्ला तर्फका गरी ४२ ओटा टिमको सहभागीता रहेको थियो । पुरस्कार वितरण तथा समापन कार्यक्रमको संचालन संचारकर्मी धुर्व ओझाले गरेका थिए । प्रतियोगिताको मुख्य प्रायोजक गोदावरी नगरपालिका रहेको थियो ।

Leave A Reply

Your email address will not be published.