सेती अस्पतालको प्रयोगशालामा बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, १७ कार्तिक- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना परिक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै ४४ जनाको रिपोर्ट निगेटिभ आएको छ ।
अस्पतालले आज जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार हाल अस्पतालमा ५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये २ जनाको आइसियुमा उपचार भईरहेको छ । आज अस्पतालमा १ जना नयाँ बिरामी भर्ना भएका छन् भने १ जना निको भइ घर फर्केका छन्।