सीमाका बासिन्दाहरु दैनीक उपभोग्यमा वस्तु किनमेलदेखि उपचार गर्नसम्म भारतीय बजारमा निर्भर 

दार्चुला, १५ कार्तिक- दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तु लगायतका क्षेत्रका बासिन्दा अझै पनि भारतीय बजारकै भरमा छन। उनीहरू दैनीक उपभोग्यमा वस्तु किनमेलदेखि उपचार गर्नसम्म भारतमै जानु पर्ने हुन्छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, दुहुँ, व्याँस गाउँपालिका र महाकाली नगरपालिका लगायतका अधिकाशं नागरीहरुको दिनचर्या भारतमा हुने गरेको छ। विशेष गरी महाकाली नदी नजिकका स्थानीयहरु भारतीय बजारमा निर्भर छन्।

Navadurga sun

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलाका रमेश सिह बोहरा व्यापारी हुन उनको पसलमा चामल, चिनीलगायत दैनिक उपभोग्य सामानदेखि कपडासम्म पाइन्छ । उनले सबै सामान भारतबाट खरिद गरेर ल्याएका हुन। घरबाट दत्तु सम्म आउने र त्यहाबाट झोलुङ्गगे पुल तरेर भारतीय बजार बालुवाकोट पुग्ने गर्दछन।

हामीसबै सामानहरू त्यहीँबाट ल्याउँछौं। पसलको मात्र नभएर घरायसी सामान किन्न पनि यहाँका बासिन्दा उतै पारि (भारत) जान्छन ।’पारि पुग्न नजिक र सामानहरू पनि सस्तो पाइने भएकाले उतै जाने गरेको बोहराले बताए। बिहानै गएर दिउँसो फर्किन्छौं।

दार्चुला सदरमुकाम जान पर्यौ भने गाडी भाडा मात्र १ सय बढी छ। जानै दिनभर लाग्छ। फर्किने टुंगो हुँदैन। किनमेलको लागि भारतीय बजारकै भर पर्नुपर्ने बाध्यता आफूहरूको रहेको मालिकार्जुनका तारा सिह चैसिरले सुनाए। आफूहरू औषधि उपचारका लागि पहिला सीमा पारि जाने गरेका उनले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...