सामुदायिक वनको कार्यालय भवन जङ्गली हात्तीको बथानले भत्कायो

कञ्चनपुर, १४ कार्तिक– कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ फुलेलीमा रहेको बैजनाथ सामुदयिक वन उपभोक्ता समितिको कार्यालय भवन आइतबार जङ्गली हात्तीको बथानले भत्काई दिएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

सामुदायिक वनको कार्यालय भवन भत्काएपछि त्यसभित्र रहेका महत्वपूर्ण कागजपत्र, दराज, कम्प्युटर लगायतमा सामाग्रीहरुमा क्षति पुगको छ । बिहानको झिसमिसे समयमा आएको हात्तीको बथानले कार्यालय भवन भत्काएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए।

Navadurga sun

उक्त हात्तिको बथानले भवनको पुरै पर्खाल भत्काई दिएकोले ठूलो क्षति हुनुका साथै कार्यालयभित्र राखिएका सामान कामै नलाग्ने गरी क्षति भएको समेत अध्यक्ष महराले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...