गोदावरीका प्रमुख प्रशासकीय अधिकृत बिनाडीलाई भावुक बिदाइ

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीको बर्दियाको गुलरियास्थित भूमि व्यवस्थापन कार्यालयमा सरुवा भएपछि बुधबार नगरपालिकामा भावुक वातावरणबीच बिदाइ गरिएको छ।

बिदाइ कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, शाखा प्रमुख तथा कर्मचारीहरूले बिनाडीलाई फूलमाला तथा मायाको चिनो प्रदान गर्दै नयाँ जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका थिए।

Navadurga sun

कार्यक्रममा नगर प्रमुख वीरेन्द्र भट्ट, उपप्रमुख शारदा देवी रोकाया, शिक्षा शाखा प्रमुख तथा उपसचिव हरिश पन्तलगायतले बिनाडीले नगरपालिकामा रहँदा प्रशासनिक सेवा प्रवाह, व्यवस्थापन तथा समन्वयका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

उनीहरूले बिनाडीको कार्यकालमा नगरपालिकाको प्रशासनिक कामलाई प्रभावकारी बनाउन खेलेको भूमिकाको स्मरण गर्दै नयाँ जिम्मेवारीमा थप सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे।

बिदाइ कार्यक्रममा बिनाडीले आफ्नो कार्यकालमा जनप्रतिनिधि, कर्मचारी तथा सहकर्मीबाट प्राप्त सहयोग र सहकार्यप्रति आभार व्यक्त गरे। गोदावरीमा कार्यरत रहँदाका अनुभव र यहाँका सहकर्मीसँग बनेको आत्मीय सम्बन्ध सधैँ स्मरणीय रहने उनले बताए।

कार्यक्रमको सञ्चालन गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...