कञ्चनपुर प्रहरीद्धारा मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

कञ्चनपुर, १३ कार्तिक- जिल्लामा प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। कार्तिक ७ गते बेलौरी नगरपालिकाका ४ बेलौरीको माथिल्लो बजारमा मोटरसाइकल चोरी भएका थिए।

Ganyapdhura gau
Dadhaldhura pur

प्रहरीले चोरी घटनाको अनुसन्धान थालेपछि सोरुमबाट मोटरसाइकल चोरी गर्ने शुक्लाफाँटा नगरपालिका वडानम्बर ११ कलवापुरका २० वर्षीय विवेक बम, वडानम्बर १२ का १९ वर्षीय ठग्गी राना, वडानम्बर १ का १९ वर्षीय पारस बिष्ट र १८ वर्षीय किरन नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Navadurga sun

उनीहरुले केएम ईन्टरप्राईजेज बजाज सोरुमबाट सटरको ताला र सिसाको ढोका फोडेर ३ वटा मोटरसाइकल चोरी गरेका थिए।उनीहरुमाथि कानून बमोजिम कारवाहीको तयारी भइरहेको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...