कञ्चनपुरमा बाख्रा चोरी गरेको अभियोगमा पक्राउ




कञ्चनपुर, १३ कार्तिक– शुक्लाफाँटा नगरपालिका वडा नं. ७ स्टेशनपुरका १८ वर्षीय ओमप्रकाश भण्डारीलाई प्रहरीले शनिबार बाख्रा चोरी गरेको अभियोगमा पक्राउ गरेको छ ।



शनिबार बिहान शुक्लाफाँटा वडा नं.५ वनसमितिकी लक्ष्मी ऐडीको गोठबाट दुई बाख्रा चोरी गरेर लग्दै गरेका भण्डारीलाई इलाका प्रहरी कार्यालय झलारीको गस्ती टोलीले पक्राउ गरेको हो ।


पक्राउ परेका भण्डारीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कणर्बहादुर बोहराले बताए । चाडपर्वका बेला झलारी क्षेत्रमा चोरीका घटना बढ्न थालेका छन् ।



