गोदावरीमा सर्पले टोकेर ५ वर्षीय बालकको मृत्यु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ।

भदौ २५ गते आफ्नै घरको सुत्ने कोठामा खाटमा सुतिरहेको अवस्थामा सर्पले टोकेपछि ५ वर्षीय विहान नेपाली घाइते भएका थिए। उनी गणेश नेपालीका छोरा हुन्।

Navadurga sun

सर्पले टोकेपछि बालकलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा मंगलबार बिहान २ः३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घटनाबारे थप विवरण प्रहरीले संकलन गरिरहेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...