राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्य शुरु





डोटी- जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्य शुरु भएको छ । गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा यहाँका नौवटै स्थानीय तहका सबै नागरिकलाई सेवा दिन शुरु गरिएको हो ।



पहिलो पटक दिपायल सिलगढी नगरपालिकाबाट शुरु गरिएको अभियान अहिले बोगटान फुड्सिल गाउँपालिकाका सबै वडाहरूमा शुरु भएको छ । बोगटान फुड्सिल गाउँपालिकाका सबै वडा कार्यालयबाट अभियानकै रूपमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शुरु गरिएको गाउँपालिका उपाध्यक्ष भगवती बमले जानकारी दिए ।


उक्त अभियानको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिला र उपाध्यक्ष भगवती बमले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सबै वडामा राष्ट्रिय परिचयपत्र वितरण अभियान शुरु भएपछि स्थानीयवासीहरुले खुशी व्यक्त गरेका छन् ।



