गोली लागेर घाइते भएका चन्दलाई काठमाडौं रेफर गरियो

Dadeldhura hospital

बैतडी- बैतडीमा गोली लागेर घाइते भएका लक्ष्मण चन्दलाई कोहलपुरमा उपचार सम्भव नभएपछि काठमाण्डौं रेफर गरिएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नं. ३ ढडौनका लक्ष्मण चन्द शुक्रबार राती गोली लागेर घाइते भएका हुन् ।

चन्दले आँफैले आँफैलाई गोली प्रहार गरेको बुझिएको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनक बहादुर धामीले जानकारी दिए । घाँटीमा गोली लागेका चन्दलाई शनिबार जिल्ला अस्पताल बैतडीबाट धनगढी रेफर गरिएको थियो । चन्दले आँफैलाई किन गोली हाने, कहाबाँट बन्दुक ल्याए भन्ने बिषयमा अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

Loading...