पशुचौपायामा खोरेत रोगको लक्षण देखियो

दार्चुला, ११ कार्तिक– दार्चुलाको नौगाड गाउँपालिकाका पशुहरुमा खोरेत रोगको लक्षण देखिएको छ। गाउँपालिकाको सबै वडाहरुमा गाई भैंसीमा खोरेत रोगको जस्तै देखिने लक्षण देखिएको हो। यस रोगबाट आफ्ना गाई र भैंसीलाई बचाउन पशुपालक किसानहरुलाई नौगाड गाउँपालिकाले विहिबार एक सूचना प्रकाशित गरी जानकारी गराएकाे छ ।

Ganyapdhura gau
Dadeldhura hospital

अहिले नौगाडका सम्पुर्ण वडाहरुमा खोरेत रोगको लक्षण देखिएको कृषि तथा पशुपन्छी विकास शाखा अधिकृत महेन्द्र सिह धामीले बताए। रोगको लक्षण देखिए पनि खोपले राम्रोसँग काम नगर्ने हुँदा विभिन्न सावधानी अपनाउन किसानहरुलाई अनुरोध गरिएको छ। आजबाट गाउँपालिकाका सम्पुर्ण वडाहरुमा भ्याक्सिन लगाउने काम सुरु गरिएको बताइएको छ। खोरेत रोगका लक्षणहरुमा गाई भैंसीमा ज्वरो आउने, खुरको बीच, मुख तथा गिजामा घाउ आउने, खुट्टा खोच्याउने, र्याल चुहाउने, दूध घटाउने, तुहिने र प्रायः बाच्छाबाच्छी पाडापाडी मर्ने हुन्छ।

Navadurga sun
Godawari sandesh

रोगबाट पशुहरुलाई मुक्त गराउन विभिन्न सावधानीका उपायहरु अपनाउन किसानहरुलाई गाउँपालिका कार्यालयले अनुरोध गरेको छ। संक्रमित पशुलाई खुला चरन र पानीका स्रोतमा नलैजान गाउँपालिकाले अनुरोध गरेको छ। संक्रमित क्षेत्रबाट अनावश्यक पशु ओहोरदोहोर नगर्न र फर्ममा अनावश्यक मानिसहरुको आवतजावत नगर्न आग्रह गरिएको छ। संक्रमित पशुको दूध पाडापाडी तथा बाच्छाबाच्छीलाई नचुसाउन, संक्रमित दूध राम्रोसँग उमालेरमात्र प्रयोग गर्न पनि गाउँपालिकाले अनुरोध गरेको छ।

संक्रमित क्षेत्रबाट पशु खरिद नगर्न अनुरोध गर्दै प्रकोप देखापरेको ६ महिनापछि मात्र खरिद गर्न भनिएको छ। जिल्लाको सबै ठाउँमा देखिँदै आएको र घरपालुवा पशुमा मुख्य रोगका रुपमा मानिएको खोरेत नियन्त्रणका लागि भ्याक्सिनको व्यापकतासँगै जनचेनता जरुरी देखिन्छ। मुख्यतः यो रोगका लागि भ्याक्सिनको ठूलो महत्व भएकाले सरकारले अहिले खरिद गर्दै आएको संख्यामा वृद्धि गर्नुपर्ने पशु स्वास्थ्य प्राविधिकले जोड दिएका छन्।

Couple
Loading...