कञ्चनपुरमा बाढी र डुबानका कारण १२ हजार हेक्टरको धान क्षति

कञ्चनपुर, ११ कार्तिक- यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बाढी र डुबानका कारण १२ देखि १३ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षति पुगेको बताए।

Ganyapdhura gau

“अहिले वडास्तरबाट क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ”, उनले भने, “डुबानले सबैभन्दा बढी क्षति यहाँको दक्षिणी क्षेत्र, शुक्लाफाँटा, बेदकोट र दोधारा चाँदनी नगरपालिकातिर भएको देखिन्छ।” कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती गरिँदै आएको छ।

Navadurga sun
Dadhaldhura pur

ज्ञान केन्द्रले दिएको जानकारीअनुसार बाढी र डुबानका कारण उखु तथा केरा खेतीमा दश प्रतिशत र तरकारीमा पाँच प्रतिशत क्षति भएको छ। धानखेती भित्र्याउने बेला आएको वर्षाका कारण खेतमा सुकाइएको धानबाला टुसाउन थालेका छन्। किसानले घरमा कुन्यु बनाएर राखेको धानसमेत नोक्सान भएको ज्ञान केन्द्रका प्रमुख विष्टको भनाइ छ।

किसानलाई भने यस वर्ष चामल किनेर खानुपर्ने अवस्थामा आएको भन्दै चिन्तन छ। यहाँको शुक्लाफाँटा नगरपालिका–१२ का किसान राधे रानाले आफ्नो दुई बिघा खेतमा लगाइएको धानबाली भित्र्याउने बेला आएको बर्सातले क्षति पुगेको बताए।

“परिवारलाई वर्षभरि खानलाई हुन्छ भनेर अरुको खेतसमेत भाडामा लिएर धान लगाएको थिएँ”, रानाले भने, “बाली काटेर थ्रेसर लगाउभन्दा एक्कासि खेतमै धान डुबेर काम नलाग्ने भयो।” कैलाली र कञ्चनपुरमा यस वर्ष सबैभन्दा बढी क्षति धानबालीमै भएको छ। ज्ञान केन्द्रले दुई÷तीन दिनभित्र क्षतिको एकिन विवरण आउने जनाएको छ। (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...