थलाराको पहिरो : बेपत्ता १९ को खोजीकार्य बन्द, मृत घोषणाको तयारी

बझाङ,११ कार्तिक– बेमौसमी वर्षाका कारण थलारा गाँउपालिकामा गएको पहिरोमा परि बेपत्ताको खोजीका लागि गएको टोली फिर्ता भएको छ। थलारा–४ डिक्लामा पहिरोमा परि दुई परिवारका २३ जना बेपत्ता भएका थिए।

Dadeldhura hospital

बेपत्ता भएका मध्ये चार जनाको मात्र शव फेला परेको थियो। दुईवटा शवको कम्मरभन्दा तलको भाग मात्रै भेटिएको थियो। आठ दिनसम्म लगातार खोजी गरेको उद्धार टोलीले शव नभेटिएपछि १९ जनाको अवस्था पत्ता नलाग्दै खोजीकार्य बन्द गरेको हो। घटना भएको दोस्रो दिनमात्रै हेलिकप्टरमार्फत घटनास्थलमा पुगेको टोलीले खोजीकार्य थालेको थियो।

Navadurga sun
Godawari sandesh

पर्याप्त जनशक्ति, उपकरण र प्रविधिको अभावमा खोजीकार्य सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताए। उनले भने, ‘नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी सम्मेलत टोली उद्धार कार्यमा संलग्न थियो। एक साता भन्दा बढी भयो खोज्न थालेको अब मान्छे जिउँदै होलान् भन्ने आशा पनि छैन। अब भेटिने सम्भावना नदेखेरै टोली बुधबार साँझ घटनास्थल बाट फर्केको हो।’

बेपत्ता भएकाहरू जिवित भेटिने सम्भावना नरहेकाले खोजीकार्य बन्द भएको र आवश्यक प्रक्रिया पु¥याएर बेपत्ता सबैलाई मृत घोषणा गर्ने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए।

Loading...