कुमारी बैंकद्वारा प्रतिभा सामुदायिक पुस्तकालयलाई ५४ थान पुस्तक सहयोग

अत्तरिया- कुमारी बैंक लिमिटेड अत्तरिया शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत प्रतिभा सामुदायिक पुस्तकालय, अत्तरियालाई विभिन्न विधाका ५४ थान पुस्तक सहयोग गरेको छ। करिब ३१ हजार ५७० रुपैयाँ बराबर मूल्यका पुस्तकहरू पुस्तकालयलाई हस्तान्तरण गरिएको हो।

पुस्तक हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक नारायणदत्त भण्डारी, कर्मचारी सरिता खर्कवाल र केशव बिनाडी, पुस्तकालयका अध्यक्ष भूपेश जोशी, पदाधिकारी, सदस्य तथा आजीवन सदस्यहरूको सहभागिता रहेको थियो।

Navadurga sun

कार्यक्रममा शाखा प्रबन्धक भण्डारीले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा कुमारी बैंकले निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाइने बताए। उनले समाजको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

पुस्तकालयका अध्यक्ष भूपेश जोशीले पुस्तकालयको आवश्यकता बुझेर सहयोग गरेकोमा कुमारी बैंक अत्तरिया शाखाप्रति आभार व्यक्त गर्दै यस सहयोगले विद्यार्थी तथा पाठकमा अध्ययन संस्कृतिको विकास तथा पुस्तकप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

पुस्तकालयका सह–सचिव हेमन्तराज जोशी (बाजे)का अनुसार बैंकले विभिन्न विधाका उपयोगी ५४ थान पुस्तक सहयोगस्वरूप उपलब्ध गराएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...