दोधारा–चाँदनीका बाढीपीडितका लागि ८० बोरा चामल हस्तान्तरण

कञ्चनपुर, ८ कार्तिक- जिल्लाको दोधारा–चाँदनीका बाढीपीडितका लागि राहत स्वरुप ८० बोरा चामल हस्तान्तरण गरिएको छ। केही दिनअघि आएको बाढीबाट विस्थापित भएका पीडितलाई यहाँको ‘साझा आवाज’ नामक अनलाइनको पहलमा उक्त राहत सामग्री दोधारा–चाँदनीका नगर प्रमुख वीरबहादुर सुनारलाई हस्तान्तरण गरिएको हो।

Ganyapdhura gau
Dadhaldhura pur

दोधारा–चाँदनीमा आइतबार राति सम्पन्न डे–नाइट क्रिकेट प्रतियोगिताको मैत्रीपूर्ण खेल पत्रकार महासङ्घ र सुरक्षाकर्मीबीच भएको थियो । सोही अवसरमा साझा आवाज डटकमका सञ्चालक सुरेश भट्टले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकमार्फत राहतस्वरुप चामल हस्तान्तरण गरिएको बताए।“मैत्रीपूर्ण क्रिकेट खेल्दै हामीले पीडितलाई सहयोग होस् भन्ने उद्देश्यले यहाँ सुरक्षाकर्मी, पत्रकार र व्यवसायी मिलेर सहयोग गरेका हौँ”, सञ्चालक भट्टले भने, “धेरै पीडितको घरमा अहिले छाक टार्नसमेत मुश्किलपर्ने अवस्था देखेपछि राहत दिन लाग्यौँ।”

Navadurga sun

राहतका लागि सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐर, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपाने, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवराज भट्ट, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक अमर माझीलगायतले सहयोग गरेको भट्टले जानकारी दिए।

व्यवसायीका तर्फबाट कुमार श्रेष्ठ निर्माण सेवा, लालु ट्रेर्डस, राधिका हार्डवेयर, हेमन्त न्यौपाने, बिजिबीं इस्पोटर्स र माधव घिमिरेले पनि सहयोग गरेको सञ्चालक भट्टले बताए। राहत सामग्री बुझ्दै नगरप्रमुख सुनारले सहयोगी हातलाई धन्यवाद दिँदै तत्काल बाढीपीडितलाई उक्त सामग्री वितरण गर्ने बताए। (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...