पूर्व खानेपानी मन्त्री बिना मगरद्वारा बाढी प्रभावित क्षेत्रको अनुमगन

Dadeldhura hospital

कञ्चनपुर, ८ कार्तिक- कञ्चनपुर क्षेत्र नम्बर १ का बाढी प्रभावित क्षेत्रमा पुर्व खानेपानी मन्त्री बिना मगरले स्थलगत अनुगमन गरेकी छन्। क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य समेत रहेकी पुर्वमन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्रमा भएको वाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका हुन ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका बेलौरीका मेयर पोतिलाल चौधरीले आइतबारदेखि पुर्वखानेपानीमन्त्री मगरले बाढिप्रभावित क्षेत्र र बाढिपीडितसंग छलफल गरेको बताए।

‘उनले मन्त्री ज्यूले स्थानीय सरकारसंग समन्वय गरेर बाढि प्रभावित क्षेत्रको स्थलगत अनुगमन र पीडित परिवारसंग छलफल गरेका छन, ‘मेयर चौधरीले भने, ‘हामी संघ र स्थानीय जनप्रतिनिधीले संयुक्त रुपमा अनुगमन गरिरहेका छौँ।’ बेलौरीका ६, ७, ८, ९, १० सहित वाढि प्रभावित क्षेत्र, दोदाको कटानी र पूनर्वासका केही वाढि प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिएको बताए ।

‘पहिलो दिन दुई पालिका क्षेत्रका वाढि पीडितसंग भेटघाट गरिन।, ‘बेलौरीका मेयर चौधरीले भने, ‘भोली लालझाडी सहित बाँकी पूनर्वास क्षेत्रको वाढि प्रभावित क्षेत्रमा जान्छिन।’ आफ्नो निर्वाचन क्षेत्रमा वाढिपीडित जनतासंग भेटघाट र प्रभावित क्षेत्रको अनुगमन गर्दै पुर्वखानेपानीमन्त्री समेत रहेकी बिना मगरले वाढि पीडित जनतालाई उचित राहत, पूर्नस्थापना र वाढिबाट क्षतिग्रस्त भएका भौतिक संरचना, खेतबारी, सडक एव सार्वजनिक क्षेत्रको सरकारले पूर्नस्थापना गर्दै, क्षेत्र १ का ठुला नदी दोदा, चौधर, झर्नाखोला लगायतका सानाठुला खोलाको कटानी नियन्त्रणका लागि दिर्घकालिन योजना ल्याउन समेत संघीय सरकारसंग आग्रह गरेकी छन्।

Loading...