आजको मौसम: पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा कोशी र बागमती प्रदेशका पहाडी–हिमाली क्षेत्रमा बादल लागेको छ भने केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको छ।

Navadurga sun

आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...