आज देशभर १९औँ गणतन्त्र दिवस  मनाइँदै

काठमाडौं- नेपालमा १९औँ गणतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। वि.सं. २०६५ साल जेठ १५ गते पहिलो संविधानसभाको बैठकले २४० वर्ष लामो राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा अन्य उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहनेछ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्चपास्ट तथा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

Navadurga sun

यस अवसरमा लोकतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि योगदान पुर्‍याउने सबै व्यक्तित्वहरूको स्मरण गरिएको छ।

गणतन्त्रले नागरिकलाई विभिन्न राजनीतिक तथा सामाजिक अधिकार प्रदान गरेको भए पनि अब आर्थिक समृद्धि, सुशासन, रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

गणतन्त्रको १८ वर्ष पूरा भई १९औँ वर्षमा प्रवेश गरिरहँदा नागरिकका अपेक्षा पूरा गर्दै देशको समृद्धि र विकासलाई अगाडि बढाउनु सरकार र सबै सरोकारवालाको प्रमुख जिम्मेवारी बनेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...