

हरिश चन्द/डडेल्धुरा ८ जेठ- जिल्लाको पर्शुराम नगपालिका र आलिताल गाउपालिकाका ३६ जना एचआइभि संक्रमिकलाई पोषणयुक्त आहार र आबश्यक सामाग्री वितरण गरिएको छ । दुई पालिकाका एचआभि संक्रमिक देखिएका लाई पोषणयुक्त आहार र आबश्यक सामाग्री वितरण गरिएको हो ।


चेकजाच गर्दा संक्रमिक भएका ब्यक्ति देखिएका थिए । उहाँहरुलाई पोषणयुक्त आहार आबश्यक सामाग्री वितरण गरिएको सामाजिक विकास कार्यालय जनाएको छ ।



एचआइभि संक्रमिक पहिचान देखापरेका ब्यक्तिलाई पोषणयुक्त खाद्यवस्तु अण्डा, हरलिक्स, दुई कि.लो. चनाको दाल, तेल दुई लिटर, साबुन, कोलगेट, झोला लगायत आहार र आबश्यक सामाग्री वितरण गरिएको समाजिक विकास कार्यालयका प्राबिधिक साहयक भोज बहादुर चुनाराले जानकारि दिनु भयो ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय, सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजनामा एचआईभी संक्रमितहरूलाई पोषणयुक्त आहार वितरण कार्यक्रम सम्पन्न गरिएको थियो ।
एचआईभी संक्रमित व्यक्तिहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउने तथा पोषणको आवश्यकता पूरा गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।