


बैतडी- बैतडीमा भरुवा बन्दुक बरामद गरिएको छ ।


जिल्लाको पुर्चौडी नगरपालिका–७ काफलीबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो । मंगलबार दिउँसो अस्थायी प्रहरी पोष्ट ढोल्यामोडबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक फेला पारी बरामद गरेको जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



