ओलानी यातायात प्रा.लि.को कार्यालय उद्घाटन, अटो चालकहरू संगठित

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ११ ओलानीमा ओलानी यातायात प्रा.लि. को कार्यालय उद्घाटन गरिएको छ। वडा नं. १०, ११ र १२ बाट अत्तरिया सम्म सञ्चालन हुँदै आएका अटो चालकहरू संगठित भई सो संस्था स्थापना गरी कार्यालय सञ्चालनमा ल्याएका हुन् ।

कार्यालयको उद्घाटन गोदावरी नगरपालिकाकी उपप्रमुख सारदा रोकायाले गरेकी हुन् । उनले अटो सेवाले स्थानीय यात्रुहरूलाई सहज आवतजावतको सुविधा दिएको तथा रातिको समयमा बिरामी ओसारपसार गरी एम्बुलेन्स जस्तै सेवा समेत प्रदान गरेको भन्दै प्रशंसा गरिन् । साथै नगरपालिकाले आफ्नो क्षमता अनुसार ओलानी यातायात प्रा.लि. लाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

Navadurga sun

कार्यक्रममा बोल्दै भिम बहादुर खड्काले अटो व्यवसायीहरूले व्यवसायसँगै सामाजिक सेवासमेत दिइरहेको उल्लेख गर्दै ओलानी क्षेत्रमा सडक समस्या भएकाले चालकहरूलाई कठिनाइ भोग्नुपरेको बताए ।

ओलानी यातायात प्रा.लि. का अध्यक्ष राजकुमार बिकले सबै अटो चालकहरूलाई संगठनमा आबद्ध भई समितिले निर्धारण गरेको भाडादर लागू गर्न आग्रह गरे ।

कार्यक्रममा वडा नं. ११ का अध्यक्ष प्रेम सिह बडैला, वडा नं. १० का अध्यक्ष रविन्द्र शाही, पूर्व गाउँ विकास समिति अध्यक्ष भान सिंह बि.क., खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गंगाराम बि.क., अस्थायी प्रहरी चौकी ओलानीका प्रहरी सहायक निरीक्षक केशव साँउद लगायतको उपस्थिति रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...